२१ जनवरी २०१७, हङकङ ।
नेपालबाट निजि भ्रमणमा हङकङ आइपुग्नु भएका राप्रपा केंद्रीय सदस्य, कार्य सम्पादन समितिका सदस्य तथा आदिवासी जनजाति राष्ट्रीय प्रतिष्ठानका केंद्रीय उपाध्यक्ष चन्द्र बहादुर गुरुङको सम्मानमा प्रबासी नेपाली एकता समाज हङकङले भेटघाट तथा रात्रिभोजको आयोजना गर्यो ।
कार्यक्रममा हङकङ स्थित नेपाली महा-बाणिज्य दुताबास हंगकंगका महाबाणिज्यदूत कमल प्रसाद भट्टराई, बिभिन्न राजनितिक दलका भातृ संस्थाका अध्यक्षहरु लगाएत हङकङ स्थित बिभिन्न संघ संस्थाहरुबाट पाल्नु भएका अध्यक्ष लगाएत प्रतिनिधिको उपस्थिति रहेको थियो ।
कार्यक्रम नेपाली एकता समाज हङकङका अध्यक्ष ईश्वर बिक्रम शाहको सभापतित्वमा भएको थियो भने सञ्चालन समाजका महा-सचिब पुकार शाहले गर्नुभएको थियो ।