हङकङ, खुकुरी मार्सल आर्टलाई विश्व भरी चिनाउने उदेश्यले आयोजना गरिएको अन्तर्राष्ट्रिय मार्सल आर्ट प्रतियोगितामा तीन स्वर्ण पदक जित्ने खेलाडीलाई हालै हङकङमा सम्मान गरिएको छ । बिरताको प्रतीक खुकुरीलाई मार्सल आर्टबाट चिनाउन हङकङमा भएको अन्तरास्ट्रिय मार्सल आर्ट प्रतियोगितामा बिप्लप श्रेष्ठ, पिउस महर्जन र विकेश राज श्रेष्ठले स्वर्ण पदक जितेका थिए । उनिहरुको अफिसियल रूपमा चिफ कोच डा. रण बोगटी, प्रशिक्षक केशव बोगटी र सदस्यमा बेद निधि मुड्भरी हुनुहुन्थ्यो ।
विजयी खेलाडीहरुको सम्मानमा जोर्डन स्थित नेपाली जनसम्पर्क समिती हङकङले सम्मान तथा रात्रीभोजको आयोजना गरेको थियो । उक्त कार्यक्रममा जनसम्पर्क समितिका सभापती जगत शाह, उपसभापति मीन गुरुङ, सल्लाहकार नरेन्द्र गुरुङ, हिन्सका निर्देशक बिनय शाह, तमु समाज हङकङका अध्यक्ष कोमल गुरुङ लगायत विभिन्न ब्याक्तित्वहरुले उनिहरुलाइ सम्मान गरेका थिए ।