राष्ट्रिय मेलमिलाय तथा नयाँ वर्ष कार्यक्रम सम्पन्न
Date: Feb 09, 2017

राष्ट्रिय मेलमिलाय तथा नयाँ वर्ष कार्यक्रम सम्पन्न

जनवरी ८, हङकङ । नेपाली जन सम्पर्क समिति हङकङले आज जोर्डन स्थित कंगन रेस्टुरेन्टमा राष्ट्रिय मेलमिलाप दिवस तथा अङ्रेजी नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम भब्यताको साथ सम्पन्न गर्यो । नवौ अधिवेशन बाट भर्खरै नव गठित जन सम्पर्क समिती हङकङका सभापति जगत शाह ज्युको अध्यक्षतामा भएको यस कार्यक्रमका प्रमुख अतिथि हङकङ नेपाली महावाणिाज्य दुत श्री कमल प्रसाद भट्टराई ज्यु हुनु हुन्थ्यो भने अतिथिहरुमा हङकङमा रहेका विभिन्न दलहरुका भातृ संगठन अध्यक्षज्यु हरु मध्ये नेपाल जन प्रगतिशिल मन्च रबिन लिङ्देनज्यु प्रवाशी नेपाली एकता समाजअध्यक्ष इश्वर बिक्रम शाहज्यु लगायत एन आर एन अध्यक्ष ललित सब्बा, चेम्बर अफ कमर्स अध्यक्ष दासुराम पराजुली, हङकङ एकिकृत नेपाली समाज (हिन्स॒)का अध्यक्ष बिनय शाह, नेपाली महिला सन्ध, अध्यक्ष श्रीमति टिका गुरुङ, हङकङ महासंघ अध्यक्ष रिता गुरुङ, नेपाल मगर संध अध्यक्ष श्रीमती चन्द्र ज्योती आले, चितवन समाज अध्यक्ष ओमराज गुरुङ, मर्दीखोला सेवा समिती अध्यक्ष रक्षा गुरुङज्युको उपस्थिति रहेको थियो ।

 

कार्यक्रम दुई चरणमा बिभाजन गरिएको थियो पहिलो चरणको कार्यक्रम मेल मिलाप दिवसको कार्यक्रम पानसमा दिप प्रज्वलित गरेर प्रमुख अथिति महाबाणिज्य श्री कमल प्रसाद  भट्टराईज्युले गर्नु भएको थियो भने स्वागत मन्तब्य  उपसभापति मीन गुरुङज्युले गर्नु भएकोथियो । मेल मिलाप दिवस बारे तथा नयाँ बर्ष 2017 को शुभकामना दिने क्रममा पुर्व उपसभापति र महाअधिवेसन प्रतिनिधि काजी कुमार गुरुङ, पुर्व सभापती तथा महाअधिवेशन प्रतिनिधि राम गुरुङ , निवर्तमान सभापति वसन्त श्रीनेट ज्युले प्रस्ट्याउनु भएको थियो । बक्तब्यको क्रममा माओवादी र राप्रपा नेपाल हङकङका भातृ संगठनका अध्यक्षद्वय रबिन लिङ्देनज्यु र ईश्वर बिक्रम शाह ज्युले प्रवाशमा हामी मिलेर यहाँको कठिनाई देशको बिद्धमान परिस्थिति धारा २९१ बिरुद्ध आवाज उठाउनु पर्छ भन्नू भयो ।

 

त्यस्तै चेम्बर अफ कमर्श अध्यक्ष दासुराम पराजुली ,एन आर एन अध्यक्ष ललित सुब्बा महिला संघ अध्यक्ष टीका गुरुङज्युले मेल मिलाप दिवस बारे केही मन्तव्य दिनु भएको थियो भने प्रमुख अतिथि महा बाणिज्य दुत कमल प्रसाद भट्टराई ज्युले हामी नेपाली एक भयौ र बिपि बाबुको जस्तो मेल मिलाप नीति अबलम्बन गर्यो भने हरेक कामहरु सरल हुनेछन् भन्नू भयो कार्यक्रम संचालक महामन्त्री गोबिन रानाज्युले बिपि कोइरालाले मेलमिलाप दिवस किन शुरुआत गर्नु भयो भन्ने कुरा प्रकाश पार्नु भएको थियो र पहिलो चरणको कार्यक्रम सभापती जगत शाहज्युले सबैलाई धन्यवाद दिदैं अगामी दिनहरुमा यसरी नै हामी मेलमिलापको नीति अबलम्बन गर्दै सगै अगाडी बड्ने छौ भन्दै कार्यक्रम समापन गरेका थिए ।

 

चियापानको कार्यक्रम पश्चात् दोसो सेसनको कार्यक्रम नव सदस्य नियुक्ति सफथग्रहण र बुझ बुझार्थको कार्यक्रम रहेको थियो जसमा नवौ अधिवेशन निर्वाचन मण्डल अध्यक्ष दुर्गा गुरुङ ( एन्डि) ज्युले निर्वचित प्रमाणपत्र र २५ तारिख सफथ खान छुटेकाहरुलाइ सफथ खुलाउनु भयेको थियो र पुरानो कमिटीका साथीहरूको बिदाइ र नव कर्यसमितीलाई स्वागत गरि कार्यक्रम समापन भएको थियो । स्मरण रहोस नव कार्यसमितिको यो मेल मिलाप दिवस तथा नव बर्ष शुभकामना आदानप्रदान कार्यक्रम पहिलो कार्यक्रम हो ।